हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको धार्मिक सभामा भागदौड : मृत्यु हुनेको संख्या १२२ पुग्यो

प्रहार समाचार । भारत १९ असार २०८१ । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन् । घाइते मध्ये धेरैको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्ने अनुमान रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको टाइम्स अफ इन्डियाले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् । 

मंगलबार युपीको हाथरस शहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रममा हजारौं जनाको सहभागिता थियो । प्रवचन सुन्न आएका मानिसहरु कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा भागदौड हुँदा यति धेरै व्यक्तिले ज्यान गुमाएका हुन् ।

भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन् ।


घटनामा घाइते भएका अन्य सयौं व्यक्तिलाई अस्पताल पुर्‍याइएको छ ।  यस घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यो समाचार तयार पार्दा सम्म मृतकका परिवारलाई  राहत लगायतका विषयमा सरकारको कुनै अधिकारिक धारणा आएको छैन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button