हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

चार प्रदेशका ३४ जिल्लामा भारी बर्षा हुने :  ‘रेड अलर्ट जारी ‘

प्रहार समाचार । काठमाडौँ १७ असार २०८१ । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबार सम्ममा केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सोमबार विशेष बुलेटिन जारी गर्दै ३४ जिल्ला अति प्रभावित हुने आँकलन गर्दै  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ।

विगत केही दिनदेखि देशभर मनसुनी वायु सक्रिय छ । न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास रहने भएकोले मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको महाशाखाले जनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी नियमित  बुलेटिनमा उल्लेख छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button