हेडलाईनसमाचारप्रदेश

गृहमन्त्री लामिछाने संलग्न गोरखा मिडियासहित ९ वटा सहकारीको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय

प्रहार समाचार । काठमाडौ, १२ असार २०८१ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको दाबी गरिएको गोरखा मिडियासहित ९ वटा सहकारीको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको छ ।

समितिका सभापति सूर्य थापाले कार्यादेशको अनुसूची २मा समावेश भएका ९ सहकारी र गोरखा मिडियामा प्रवाह भएका रकमको कागजात मगाएको जानकारी दिए । 


कार्यादेशको अनुसूची- २ मा समावेश ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायतमा प्रवाह भएको रकम सम्बन्धका विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गर्ने’ बैठकपछि थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button