हेडलाईनसमाचारप्रदेश

दुग्ध उत्पादन सहकारी संघका पदाधिकारी माथि प्रहरीको धरपकड

प्रहार समाचार । काठमाडौँ, ५ असार २०८१ । सात महिना देखिको दुधको भुक्तानी तत्काल हुनुपर्ने माग सहित केन्द्रिय दुग्ध उत्पादन सहकारी संघ लि.द्वार  आयोजना गरिएको दुग्ध बिकास सस्थान धर्ना कार्यक्रममा प्रहरी हस्तक्षेप  भएको छ।

संघका केन्द्रिय अध्यक्ष अम्बर बहादुर कुवर ,केन्द्रिय पदाधिकारी सहित तनहुँ लगायत विभिन्न जिल्लाबाट सहभागी  भएका किसाहरूलाई काठमाडौको लैनचौरबाट नियन्त्रणमा लिई करिब ४ घन्टा माहनगरिय प्रहरी बृत्त  कालिमाटीमा राखिएको थियो ।

उक्त धरपकडको केन्द्रिय दुग्ध उत्पादक सहकारी संघले घोर भत्सना गरेको छ। संघका अध्यक्ष अम्बर बहादुर कुँवरले सात महिना देखि दुधको पैसा भुक्तानी नहुनु अत्यान्तै लज्जास्पद भएको बताउँदै तत्काल माग सम्बोध नभए अझ सशक्त ढङ्गाले थप आन्दोलन गरिने चेतावनी दिएका छन्। उनले भने -‘किसानका जायज माग तत्काल पुरा गर्न सम्बन्धित निकाय र नेपाल सरकार संग जोडदार माग गर्दछु’।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button