हेडलाईनसमाचारगण्डकीप्रदेशस्वास्थ्य

डेंगुको संक्रमण दिन प्रतिदिन बढ्दै  : ७२ जिल्लामा फैलियो, तनहुँमा ४६ जना संक्रमित

प्रहार समाचार । काठमाडौँ, ५ असार २०८१। राजधानी काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा अहिले डेंगुको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल ७२ जिल्लामा डेंगु संक्रमित भेटिएको भेटिएकाइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) काठमाडौँले जनाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बागमती प्रदेशमा ४ सय ३ जना, कोशीमा २ सय ७७ जना , गण्डकीमा १ सय ८७ जना, लुम्बिनीमा १ सय३९ जना, सुदूरपश्चिममा १ सय१८ जना, मधेशमा ३४ जना र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौंमा १ सय २२ जनामा, झापामा १ सय११ जनामा, चितवनमा ७४ जनामा, मकवानपुरमा ५८ जनामा , तनहुँमा ४६ जनामा जनामा डेंगु संक्रमित भेटिएका छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

इडीसीडीका अधिकारीहरु अघिल्लो वर्षमा भन्दा अहिले डेंगु फैलिने क्रम तीब्र छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा संक्रमण बढी फैलिने गरेको छ । त्यसकारण यस वर्ष डेंगु फैलिने समय आउन बाँकी नै छ ।

अघिल्लो वर्ष ७७ वटै जिल्लामा डेंगु फैलिँदा ५२ हजार भन्दा बढी संक्रमित भएका थिए भने २० जनाको मृत्यु भएको थियो ।
सन् २०२४ को सुरू अर्थात गत पुसको मध्यदेखि जुन महिनाको दोस्रो साता अर्थात् हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button