हेडलाईनभानुसमाचारगण्डकी

भानु नगरपालिकाको आ.व.०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, असार ४, २०८१ ।  तनहुँ जिल्लाको भानु नगरपालिकाको आयोजनामा आज नगर स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम भानु १, सालविस्नेमा सम्पन्न भएको छ ।

आ.व.०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख आनन्द राज त्रिपाठीले अध्यक्षको आसनबाट बोल्दै सम्पूर्ण नगरवासीको सल्लाह ,सुझाव र गुनासोलाई आत्मा साथ गर्दै समग्र भानु र भानु वासीको विकास र उन्नतिको लागी सदैव तत्पर रहने प्रतिबद्धता गर्दै  नगरवासीद्वारा उठाएका प्रश्नहरुको विषयमा शुष्म अध्ययनगरि  तदरुकताका साथ लाग्ने बताए । नगर प्रमुख त्रिपाठीले विना स्वार्थ आफुले भानुको शिर सदैव माथि उकास्ने तर्फ उन्मुख रहनेमा जोड दिए ।


कार्यक्रममा नगरवासीको सल्लाह, सुझाव,एवं गुनासो सुनुवाईको समयमा ठाकुर अधिकारीले भानु नगरवासीको आवश्यकतालाई मध्यनजर गरि योजना तथा कार्यक्रम तर्जुमा गर्नु पर्ने, अनावश्यक प्रवृत्तिका अल्पकालीन योजनालाई निरुत्साहित गर्नु पर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा प्राविधिक इस्टमेट र मूल्यांकनमा पारदर्शी अनुगमन गरिनुपर्ने बताए ।

त्यस अबसरमा रितेश घर्ती र रूपा लामाले नगरपालिका एवं प्रदेश र संघ सरकारका योजनाहरुलाई अनुगमनलाई कडाई एवं गुणस्तरमा विशेष ध्यान दिनु पर्ने,न्यायिक समितिद्वारा महिला सम्बन्धी न्यायलाई प्रोत्साहित  गरिनु पर्ने बताए । राम सापकोटा ,विष्णु ढकालले फोहोर मैला डपिंङ साईटको उचित व्यवस्थापन गरिनु पर्ने ,नगर प्रवेश द्वार निर्माण गर्नुपर्ने ,भानु जन्मस्थलको मोटरमार्गको गुणस्तरको अनुगमन तथा सुपरिवेक्षण गरिनु पर्नेमा जोड दिए । मिट्ठू  गन्दर्भ र गोविन्द अधिकारीले युवा स्वरोजगारको लागी निति तथा कार्यक्रम गरिनु पर्ने,पशु र कृषि क्षेत्रमा पालिकाले लगानी बढ़ाउनु पर्ने,बांदर आतंकको समस्यालाई तत्काल पालिकाले योजना बनाऊनु पर्ने,जनप्रतिनिधि र कर्मचारीको बालबच्चालाई सामुदायिक विद्यालयमा पढ़ाउन प्रोत्साहित गरिनु पर्ने,कृषि क्षेत्रमा दिइने अनुदान उत्पादनको आधारमा दिनु पर्ने,सुकुम्वासी र अव्यबस्थित बसोबासको प्रगति विवरण सार्वजनिक गरिनु पर्ने,वडाको रिक्त रहेको सचिवको पदपूर्ति गरिनु पर्ने,स्वास्थ्य चौकीमा पाईने नि:शुल्क औषधी उपलब्ध हुनु पर्ने बताउनु पर्नेमा सुझाएका थिए ।


नगर उप-प्रमुख उमा गोतामेद्वारा स्वागत गरिएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिवाकर पौडेलले शाखागत प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा ने.क.पा.समाजवादीका तर्फबाट विद्यानाथ ढकाल,राष्ट्रिय स्वतन्त्र पार्टीका भानु नगर सभापति विष्णु पोखरेल ,ने.क.पा.एमाले भानु नगर  अध्यक्ष शंकर रानाभाट ,नेपाली कांग्रेसका नगर सभापति राम कुमार श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु,शाखा प्रमुखहरु,जनप्रतिनिधिहरु ,संघ संस्थाका प्रतिनिधि एवं नगर वासीको उपस्थिति रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button