हेडलाईनसमाचारभानुगण्डकीविजनेस

भानु नगरपालिकामा उत्पादित रैथाने कृषि उपज बिक्रिको लागि काठमाडौं पठाउने

प्रहार समाचार । तनहुँ, असार ४, २०८१ ।
तनहुँको भानु नगरपालिकाले नगरमा उत्पादित रैथाने बालीलाई बिक्री वितरणका लागि सोझै काठमाडौं पठाउने भएको छ।

नगरभित्रका किसानले उत्पादन गरेका अर्गानिक खाद्य सामग्रीलाई काठमाडौं पठाएर बिक्री वितरण गर्न भानु नगरपालिकाको तर्फबाट प्रमुख आनन्द राज त्रिपाठी  र रैथाने एग्रीप्रोडक्ट नामक संस्थाका तर्फबाट अध्यक्ष तिलक ढकालले सम्झौता पत्रमा हस्ताक्षर भएको हो।


भानु नगरपालिकाको रैथाने तथा स्थानीय कृषि उपजलाई बजारीकरण गर्नका लागि तनहुँ भानु नगरपालिका र रैथाने एग्रो प्रोडक्टसबिच सम्झौता भएको छ । नगरपालिकामा उत्पादन हुने कालो वेसार, घैया धान, कालो भटमास, लोकल सिमी, बोडी कोदो लगायतका कृषि उत्पादन र प्रवर्धनका लागि पाँच वर्षको सहकार्यको सम्झौता भएको हो ।


प्रोडक्टसले हाल दरबारमार्ग, बुढानीलकण्ठ लगायत क्षेत्रमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै  आएकोमा  अव भानु नगरपालिकामा उत्पादन भएका कृषि रैथाने उत्पादनलाई समेत बजारीकरण र प्रवर्धनमा टेवा पुर्‍याउन रैथाने एग्रो प्रोडक्टसले सहयोग गर्नेछ । स्थानीय उत्पादनलाई संकलन गर्न नगरपालिकाकै कृषि शाखाका कर्मचारीहरूले संयोजन गर्नेछन्।

हाटबजारमा कृषि उपजहरू राख्नका लागि निःशुल्क स्टलको व्यवस्था छ । भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले रैथाने उत्पादनलाई आ.व.०८१/०८२ को नीति तथा कार्यक्रम समवेश गरेर लैजाने प्रतिवद्वता व्यक्त गरे। नगर प्रमुखले नगरपालिकामा उत्पादन हुने रैथाने कृषि उत्पादनको बजारीकरणका लागि र उत्पादन वृद्धि गर्न जोड दिने र भानु नगरपालिकाले आवश्यक सहयोग एवम् सहजीकरण गर्ने समेत बताए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button