हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : चार प्रदेशमा विहानैदेखि वर्षा

प्रहार समाचार । काठमाडौँ, असार ३ ।हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसैको कारण अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

पछिल्लो २४ घन्टामा चितवन , कोशी, अधीखाँची र इलामक केही स्थानमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
पछिल्लो २४ घन्टामा कोशीदेखि लुम्बिनीसम्म अधिकांश भूभागमा वर्षा भएको छ। पूर्व र मध्यम क्षेत्रमा मनसुनी वायु विस्तार भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button