हेडलाईनसमाचारबागमती

काठमाडौँ महानगरपालिकाको नगरसभाको बैठक स्थगित

प्रहार समाचार । काठमाडौँ, असार २ ।कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएपछि काठमाडौँ महानगरपालिकाको नगरसभाको बैठक स्थगित भएको छ । 

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नगरसभा स्थगित भएपछि आक्रोश पोख्दै कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरे । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताए ।

मेयर बालेनले भनेका छन् – ‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’


आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह थप आक्रोशित भएका छन्।

मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । तर एमाले र कांग्रेसका वडाध्यक्षहरुले बैठक बहिस्कार गरेर हिँडेपछि १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्टुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । मेयर साहले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button