प्रहार समाचार । तनहुँ, जेठ ३२ । व्यास नगरपालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका घर नक्सा शाखामा कार्यरत इञ्जिनियर स्व.प्रविण कैनीका परिवारलाई तीन लाख सहयोग गर्ने निर्णय गरेको छ ।

व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको व्यास नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
गत जेठ २१ गते सोमबार पृथ्वी राजमार्गमा सडक बिस्तारको ठेक्का पाएको चाइनिज कम्पनीको पानी बोक्ने टयाङकरले ठक्कर दिदाँ कैनीको मृत्यु भएको थियो । व्यास–१२ कमलबारी निवासी कैनीका परिवारको सहयोगका लागि कार्यपालिकाका पदाधिकारी सदस्यबाट दुइ दिनको तलब सुविधा सहयोग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी नगर सभाका सदस्य,सरसफाई तर्फका कर्मचारी र कार्यालय सहयोगीका तर्फबाट एक दिन र अन्य सम्पुर्ण कर्मचारीको तर्फबाट दुई दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ ।
व्यासको आर्थिक प्रशासन शाखाबाट एकमुष्ट उपलब्ध गराउन सम्बन्धीत सबैलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । ब
























