हेडलाईनसमाचारप्रदेश

कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज : इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने

प्रहार समाचार । काठमाडौ, चैत २० । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्नेभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने बैठक आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकले इलाम–२ र बझाङ प्रदेशसभा (१) को उम्मेदवार तय गर्ने बताइएको छ ।

बैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button