प्रहार समाचार । काठमाडौँ, चैत १९ । काठमाडौंमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ उत्कृष्ट चलचित्र घोषित भएको छ । यस संगै यस चलचित्रले उत्कृष्ट अर्वाड प्राप्त गर्ने सफल भयो । चलचित्रको छायाङ्कन/ लेखन तथा निर्देशन दीपेन्द्र के खनालले गरेका हुन्। लघु चलचित्र तर्फको उत्कृष्ट अवार्ड ‘घुर्रा’ ले प्राप्त गर्यो ।

कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको दीपेन्द्र के निर्देशित अवार्ड अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ बाटै प्राप्त गरिन । उता ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता को पुरस्कार प्राप्त गरे । ‘महापुरुष’ कै निर्देशक प्रदीप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

त्यस्तै ‘छक्का पन्जा ४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौला ‘जुरी मेन्सन अवार्ड’ पाए । कार्यक्रममा वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ ले समेत अवार्ड प्राप्त गर्यो ।
स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ ले प्राप्त गरेको कार्यक्रममा लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’ बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाकारको अवार्ड पाए । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, कलाकार मिथिला शर्मा, भुवन चन्द लगायतको उपस्थिति रहेको कार्यक्रममा उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तर्राष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।
भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ ले समेत कार्यक्रममा अवार्ड प्राप्त गरेको थियो ।
तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत आयोजना भएको थियो ।
























