हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

श्रम मन्त्रालयले गऱ्यो अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह

प्रहार समाचार । चैत, १६ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ। 

श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो। श्रमिकहरूमा स्वास्थ्यसम्बन्धी चेतनाको अभाव छ। फलस्वरुप श्रमिकहरू गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन्। त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरू स्वास्थ्य संकटमा परेका छन्। 

तसर्थ श्रमिकको शिघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित बेडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए। मन्त्रालयले विशेष गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिकग्राम भएका क्षेत्रहरूमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको अस्पतालमा, स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरूमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो। 

नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिब ७० लाख श्रमिकहरू कार्यरत छन्। यसका साथै वार्षिक सात लाखभन्दा बढी संख्यामा श्रमिकहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button