प्रहार समाचार । चैत १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा थापाले पार्टी फेरि सरकारमा पुग्ने बताएका हुन ।

‘सरकारले कांग्रेसलाई पछ्याइहाल्छ , देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने क्षमता कांग्रेसमा मात्रै छ ‘ । थापाले भने । महामन्त्री थापाले अगाडी भने ‘ एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र छैन’ । महामन्त्री थापाले बताए ।

‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरूसँग नागरिकलाई उद्वेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने, ‘तर, मुलुकलाई निराशाबाट बाहिर निकाल्ने क्षमता र चरित्र भएको पार्टी कांग्रेस नै हो ।’
मुलुकलाई निराशाबाट बाहिर निकाल्नका लागि पहिला कांग्रेसभित्रको पनि निराशा चिर्नुपर्ने थापाले जोड दिए। भ ।
























