हेडलाईनसमाचारप्रदेश

रास्वपाले इलाम क्षेत्र नम्बर २ मा मिलन लिम्बूलाई उठायो : तनहुँका डा. न्यौपाने हेरेको हेरै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार बनाएको छ । लिम्बूको आधिकारिक घोषणा संगै जिविस महासंघका पूर्व महासचिव एवं रास्वपा तनहुँ २ का सभापति  डा . शेषरमण न्यौपानेको उमेद्वारीको चर्चा त्यसै सेलाउन पुगेको छ। उनि अहिले ‘हेरेको हेरै ‘ को अवस्थामा पुगेका छन् ।

समाजशास्त्रमा विद्यावारिधि गरी प्रशासन र विकासका क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय अनुभव हासिल गरेका डा. न्यौपानेलाई यस अगाडीको बारा २ को उपनिर्वाचनमा समेत उमेद्वार हुन सक्ने अड्कलबाजी गरिएको थियो । त्यस बखत साना दलहरुलाई समेट्ने योजनाका कारण रमेश खरेललाई मैदानमा उतारिएसंगै न्यौपाने त्यहाँ पनि चिप्लन पुगेका थिए ।

रास्वपाले बिहीवार विज्ञप्ति जारी गर्दै आगामी उपनिर्वाचनका लागि लिम्बूलाई उम्मेदवार बनाएको केन्द्रीय निर्वाचन आयोगक सचिव भूमिन्द बराल द्वारा हस्ताक्षरित सूचना मार्फत उक्त घोषणा गरिएको हो। सञ्चारकर्मी पृष्ठभूमिका लिम्बूले यसअघि स्वतन्त्र रुपमै उम्मेदवारी घोषणा गरेका थिए । अहिले उनलाई रास्वपाले आफ्नो उम्मेदवार घोषणा गरेको छ ।

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे निधन भएर रिक्त रहेको इलाम– २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button