प्रहार समाचार । तनहुँ, चैत १४ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) भोलिबाट सञ्चालन हुँदैछ। यस वर्ष तनहुँ जिल्लाबाट झण्डै साढे पाँच हजार बढी विद्यार्थी हरुले परीक्षा दिने भएका छन् ।

परीक्षाका लागि जिल्लाबाट कुल पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।

इकाईका अनुसार ति विद्यार्थी मध्ये प्राविधिक धारतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी रहेको इकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए । इकाइल एसइइका लागि २६ परीक्षा केन्द्र तोकेको छ। शिक्षा विकास तथा समन्वय इकाइ तनहुँ का प्रमुख उद्धवराज कहेलले सम्पूर्ण विद्यार्थीहरुलाई सामान्य परीक्षा जस्तै सम्झेर ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्।
























