प्रहार समाचार । काठमाडौ, चैत १४ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर सहकारी घोटाला प्रकरणमा छानबिन गर्नुपर्ने अडान दोहोर्याएका छन् ।

आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै बडूले गृहमन्त्रीमाथि छानबिन हुँदा लोकतन्त्र झन् सबल हुने दाबी गरेका हुन् । अहिलेको आवश्यकता भनेको छानबिन समिति गठन गर्न मार्ग प्रशस्त गर्नुपर्यो र राजीनामा दिनुपर्यो’, उनले भने ।

गृहमन्त्री लामिछानेविरुद्ध कास्कीस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी हालेका थिए । सोही उजुरी उपर छलफल गर्न आज समितिले गृहमन्त्री लामिछानेलाई बोलाएको थियो । लोकान्तर बाट
























