हेडलाईनसमाचारविजनेसप्रदेशस्वास्थ्य

दुर्गा प्रसाईंलाई अब कलेज संञ्चालन  गर्ने बाटो खुल्यो

प्रहार समाचार । काठमाडौँ, फागुन १३ । झापाको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भए सम्पन्न भएको लामो समय बितिसक्दा पनि पठनपाठनका लागि सम्बन्धन नपाएका दुर्गा प्रसाईंलाई अब कलेज संञ्चालन  गर्ने बाटो खुलेको छ।

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा मंगलवार आदेश दिए संगै  प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुला भएको हो। झापाको बिर्तामोडमा बीएण्डसी मेडिकल कलेजको सम्पूर्ण भौतिक संरचना निर्माण भए सम्पन्न भएपनि पठनपाठनका लागि प्रसाईंले लामो समययता सम्बन्धन पाउन सकेका थिएनन् । सोही कारण प्रसाईंले निरन्तर सरकारको आलोचनाका साथसाथै असन्तुष्टि पोख्दै आएका थिए । यसैको बिरुद्धमा प्रसाइँ सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका थिए।

यही विवादका बीचमा सर्वोच्च अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो। न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेको हो। 

सर्वोच्चको आदेशले यस्तै झमेलामा रहेका थप १३ मेडिकल कलेज उत्साहित भएका छन् । सरकारले मेडिकल कलेज निर्माण गर्न आसयपत्र दिएपनि सञ्चालन अनुमति नपाएका थप १३ मेडिकल कलेज छन् ।  अब ती कलेजलाई पनि प्रसाईंको बीएण्डसी कलेजको फैसला नजिर स्थापित हुने देखिन्छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button