हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज गुरुङ समुदायले  मेँ त्हँले (धनुष वाण विद्या)पर्व मनाउँदै

प्रहार समाचार । तनहुँ , चैत १२ । गुरुङ समुदायले  मेँ त्हँले (धनुष वाण विद्या)पर्व देशभर विविध कार्यक्रमका साथ मनाइरहेका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले (धनुष वाँण विद्या)पर्व विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।

यसैबीच चितवनका गुरुङ समुदायले नारायणी नदी किरनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा पर्व मनाइरहेका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले बताए ।

सिकारीयुगमा धनुषबाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरुको   महागुरुबाट शक्तिबाण (गुरुबाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रुपमा यो पर्व मनाइँदै आएको छ । यसैगरि देशका अन्य भूभागमा पनि गुरुङ समुदायहरुले विविध कार्यक्रमका साथ यो पर्व मनाइरहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button