हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँमा पर्यटक बस दुर्घटना :  छ चिनिया नागरिक घाइते

प्रहार समाचार । तनहुँ, चैत १० शनिवार । तनहुँको पृथ्वीराजमार्ग अन्तरगत  पर्ने म्याग्दे गाँउँपालिका–६ शेराटारमा आज पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाईते भएका छन् ।
पोखराबाट काठमाण्डौ जाँदै गरेको बा १ प ११३९ नंं. को पर्यटक बस सडकको दायाँ साईडमा पल्टिँदा घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका तनहुँका एसपी अपिल बोहराले    बताए ।  दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाईते भएका हुन् ।


घाईते हुनेहरुमा ५० बर्यीय सुन लि, ५७ बर्यीया हुक्सिया लि, ६२ बर्यीय वाङ वि डोङ, ६७ बर्यीय कियो मेङ, ६८ बर्यीय छुचेङ र ७० बर्यीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाईते मध्ये दुईजनालाई काठमाडौं पठाइएको बाँकीको  शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार पछि  डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button