हेडलाईनसमाचारबन्दीपुरगण्डकीविजनेसमनोरञ्जन

तनहुँको बन्दीपुर गाउँपालिकामा नयाँ गुफा भेटियो

प्रहार समाचार । तनहुँ, चैत ९ । ‘पहाडकी रानी ‘ को उपनामले परिचित तनहुँको बन्दीपुर गाउँपालिकामा नयाँ गुफा भेटिएको छ। समाजसेवी एवं साहसिक पर्यटन व्यवसायी चन्द्र आले , पर्यटन व्यवसायी सुखराम तथा प्याराग्लाइडिङ पाइलट समन्वय प्रधानको संयुक्त टोलीले बुधवार उक्त गुफा फेला पारेको हो।

बन्दीपुर गाउँपालिका वडा नं २ पौवा नजिकै ‘सरपानी ‘  गुफा पत्ता लागेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्रहार समाचारलाई बताए  । उनले भने .’प्याराग्लाइडिङको सम्भावनाको खोजीका लागि  त्यस आसपास चाहार्दा गुफा पत्ता लागेको हो यसले बन्दीपुरको पर्यटन प्रबर्धनमा थप टेवा पुऱ्याउने छ ‘।

उक्त गुफा झण्डै  १५ मिटर लम्बाइको रहेको बताइएको छ भने गुफाको बारेमा थप अध्यायन र अनुसन्धान गरिने पालिकाका अध्यक्ष थापाले बताए ।
बन्दीपुरलाई गुफै गुफाको सहरका रुपमा समेत परिचित गराउन सकिने गाउँपालिकाका अध्यक्ष थापाले बताए । बन्दीपुर गाउँ पालिका भित्रमा सिद्ध गुफा , पातलद्वार गुफा लगायत गुफाहरु चर्चित रहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button