हेडलाईनसमाचारप्रदेश

चौधरी समूहले हडपेको बाँसबारीको १० रोपनी जग्गा सरकार मातहत आयो

प्रहार समाचार । काठमाडौँ, चैत ९ । सत्ता र शक्तिको पहुँल देखाएर चौधरी समूहले गैरकानूनी रूपमा हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अन्ततह  सरकारको मातहतमाआएको छ । उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि निर्देशन दिएका थिए।

मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा आएको काठमाडौंको डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख छविलाल नेपालीले बताए। २०४३ सालमा विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा च्याम्पियन फूटवेयर कम्पनी खडा गरेर प्रति रोपनी २ लाख ५० हजारका दरले ६ रोपनी जग्गा कम्पनीको नाममा गरिएको थियो ।

त्यसको एक वर्षपछि थप ४ रोपनी जग्गा च्याम्पियन फूटवेयरलाई दिने निर्णय कारखानाले गरेको थियो ।​ त्यसबापत च्याम्पियन फूटवेयरमा प्रतिकित्ता १ हजारका दरले २५ सय कित्ता शेयर लिने निर्णयमा उल्लेख थियो । हिंजो नेपाली कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा सीआईबीले बयान लिएको थियो ।

विनोद चौधरी हर्ताकर्ता भएको चौधरी ग्रुप अफ इन्डस्ट्रिजले खोलेको च्याम्पियन फूटवेयरलाई जग्गा दिने निर्णय गर्ने मुख्य पात्र अजितनारायण सिंह थापा त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको कार्यकारी अध्यक्ष थिए । यसै बिच राजधानी काठपाडौंका अतिरिक्त देशका प्रमुख शहरहरुमा पनि पद, सत्ता र शक्तिका आडमा नेपाल सरकारको जग्गा हडप्नेहरुको मुटुमा यो घटनाले ढ्याङ्ग्रो बजेको विश्लेषकहरु बताउँछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button