हेडलाईनसमाचारप्रदेश

सर्वसाधरण पक्राउपरे जेलमा ‘नेता’ पक्राउ परे अस्पतालमा !

प्रहार समाचार । काठमाडौँ, चैत ६ मंगलवार । कुनै पनि कसुरमा ‘सर्वसाधारण तथा पहुंचविहिन व्यक्ति पक्राउ परे प्रहरी हिरासतमा र ‘नेता’ पक्राउ परे विरामी भएको बाहनामा सिधैअस्पतालमा’ यो कुरालाई सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएपछि प्रमाणीत गरिदिएकोछ। यसका साथै अर्को उक्ति  ‘नेपालको कानुन सानालाई ऐन ठूलालाई चैन’ भन्ने पनि पुष्टि भएको छ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उनलाई नर्भिक अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार सुरक्षा पहराका साथ महरालाई अस्पतालमा भर्ना गरिएको हो। महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button