प्रहार समाचार । तनहुँ , ५ चैत २०८० सोमवार । दान ,धर्म तथा पुण्य कर्म गर्न धन मात्र भएर हुँदैन मन पनि हुनुपर्छ भन्ने भनाइलाई व्यास नगरपालिका वडा नं १ दमौली निवासी तेस्रो लिङ्गी ममता गुरुङले प्रमाणीत गरिदिएकी छन्।
उनले व्यास –१ स्थित चारकुनेमा निर्माणधीन राधाकृष्ण मन्दिर निर्माणका लागि २५ हजार ५ सय ५ रुपैया दान गरेकी हुन्। उक्त रकम ममताले मन्दिर निर्माण समितिका सदस्य सावित्री भण्डारीलाई घरमै पुगेर हिंजो हस्तान्तरण गरेकी हुन् ।

वैदिक सनातन धर्मावलम्बीसबैको आस्थाको केन्द्र राधाकृष्ण भगवानका अष्ठसखी सहितको निर्माणधिन राधाकृष्ण धामका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै प्रदार समाचासग कुरा गर्दै भनिन् – ‘ मरेर के नै लजाने हो र ? कमसेकम मेरो नाम त रहन्छ भनेर दान गरे ‘ । मन्दिर निर्माणका लागि देशबिदेश तथा संघसंस्था र व्यक्तिबाट सहयोग आउने क्रम जारी रहेको समितिका सदस्य नविन वस्तीले बताए ।

























