हेडलाईनसमाचारप्रदेश

नयाँ शैक्षिक सत्र शुरू नहुँदै  विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउदै जनक शिक्षा : गरे हुदो रहेछ

प्रहार समाचार । काठमाडौ, चैत २ र शुक्रवार । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ शुरू हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने भएको छ । यसले गरे हुँदो रहेछ भन्ने कुरालाई प्रमाणीत गर्ने भएको छ। अहिले केन्द्रले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ ।


विगतका वर्षमा शैक्षिक सत्र शुरू भएको आधा वर्ष बितिसक्दा सम्म पनि विद्यार्थीका हातमा पुस्तक पुग्दैनथ्यो ।
केन्द्रले चैत १६ गतेदेखि पुस्तक वितरण शुरू गर्ने भएको हो । चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्रबाट चैत १६ गतेदेखि वितरण शुरू गर्ने केन्द्रले जनाएको छ । केन्द्रले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइको काम सकेको छ। चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छापेर सक्ने छ र चैत १५ गतेदेखि नै पुस्तक वितरण सुरु गरि  शैक्षिक सत्र शुरू हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने विश्वास केन्द्रले लिएको छ।

आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए । पुस्तक वितरण भने पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरिने भएको छ । 

केन्द्रले उपत्यका बाहिरका नौवटा प्रादेशिक कार्यालय एवं वितरण केन्द्रबाट बिहानदेखि बेलुकासम्म पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्‍याउने काम भइरहेको छ । उनले यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सक्ने बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button