हेडलाईनसमाचारप्रदेश

बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

प्रहार समाचार । बैतडी, फागुन ११ शुक्रवार ।अहिले देशमा पश्चिमि वायुको प्रभावकाकारण देशका केहि भागमा हिमपात भएको छ।  बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा बिहीबार दिउँसोदेखि हिमपात भएको हो ।

राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण  केहीबेर ती राजमार्गमा यातायात अवरुद्ध भएको थियो । 

यसैबीच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button