हेडलाईनसमाचारप्रदेश

कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा बहुमत प्रतिनिधिको हस्ताक्षर

प्रहार समाचार । काठमाडौँ, फागुन १० विहिवार ।नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

१ हजार ९ सय ५० प्रतिनिधि छनौट गरिएकामा एक हजार जनाले हस्ताक्षर गरेको महाअभियानका संयोजक एवं सांसद शंकर भण्डारीले  बताए ।

बुधवार साँझसम्ममा बहुमत महासमिति सदस्यहरूले हस्ताक्षर गरेको दाबी नेता भण्डारीले गरे । हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गर्ने सम्बन्धमा बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए ।

यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button