हेडलाईनसमाचारबागमती

अघि बढेको इतिहासको गति कहिल्यै पछाडि फर्कदैन : राष्ट्रपति

प्रहार समाचार । काठमाडौँ, फागुन ८ मंगलवार । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन्।

राष्ट्रपति पौडेलले नेपाली जनताले ठूलो बलिदान र संघर्षबाट समावेशीयुक्त संघीय लोकतान्त्रिक गणतान्त्रात्मक संविधान प्राप्त गरेको चर्चा गर्दै   संविधानले सबैलाई मिलाएर लैजाने लक्ष्य राखेको र यसमा सबै निश्चिन्त हुन समेत आग्रह गरे । राष्ट्रपति पौडेल बौद्ध धर्म, संस्कृति र परम्परा अनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रमलाई सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन्।

बुद्ध धर्मले नेपाललाई संसारमा चिनाएको, यसको गरिमा बढाएको र नेपालको मौलिकता झल्काएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने “ बुद्ध धर्मले विश्वमा शान्तिको लागि मात्र होइन, ज्ञानको लागि पनि योगदान पुऱ्याएको छ र आत्मिक शक्तिलाई माथि उठाउन पनि योगदान दिएको छ । ”

नेपाल परम्परागत बौद्ध धर्म संघको संयोजनमा भएको सो कार्यक्रममा राष्ट्रपति पौडेलले भिक्षु, भिक्षुणीहरुलाई दान दक्षिणा समेत प्रदान गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button