आँबुखैरेनीहेडलाईनव्याससमाचारभानुबन्दीपुरदेवघाटगण्डकी

रास्वपा तनहुँको जिल्ला संयोजकमा वास्तोला : क्षेत्र नं- १ को सभापतिमा न्यौपाने

प्रहार समाचार ।तनहुँ, फागुन ३ बिहिवार ।राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) तनहुँको जिल्ला संयोजकमा विश्वनाथ वास्तोलालाई सर्वसम्वत रूपमा सिफारिस गरिएको छ।

आज बसेको जिल्ला कार्य समितिको बैठकले जिल्ला संयोजक पदमा बास्तोलालाई मनोनयन गर्न प्रदेश समितिमार्फत केन्द्रिय समितिलाई सर्बसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको हो।
यस अघिका जिल्ला संयोजक विकास सिग्देलको पदन्नोती भै केन्द्रीय बिभाग सदस्य बनेकाले सिग्देललाई बैठकले बधाई एवम्  सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

जिल्ला सह संयोजक सुर्यमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको निर्वाचन क्षेत्र न. १ को क्षेत्रीय सदस्य पदमा पदमराज न्यौपानेलाई मनोनयन गरि क्षेत्रीय समितिलाई पुर्णता दिई कार्य विभाजन समेत गरेको छ। जस अन्तरगत क्षेत्रीय सभापतिमा पदमराज न्यौपाने , उपसभापतिमा  सीता बिक र सचिवमा अनिल श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा बिष्णु बहादुर पन्त र शशी रुपाखेती रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button