प्रहार समाचार । तनहुँ फागुन ३ बिहिवार ।तनहुँको सदरमुकाम दमौलीमा आजबाट दोस्रो अन्तर विद्यालय छात्र – छात्रा बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
हैरान्स क्लवको आयोजनामा भएको उक्त प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको चर्चा गर्दै नगरपालिकाले खेलकुदमा लगानी गर्ने बताए ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे, व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप राना , नेपाल कराते महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष मणिराज थापा बास्केटबल संघ तनहुका अध्यक्ष भुवन गोशली , ब्यास २ का वडा सदस्य सुरेश वाग्ले लगायतले शारिरिक, मानसिक तथा स्फूर्ति बढाउन पनि खेलकुँदको महत्व रहेको बताएका थिए ।

बास्केट बलका राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पुऱ्याउने तथा युवाहरुमा खेल प्रति मोह जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले बताए ।

प्रतियोगितामा छात्र तर्फ ८ , छात्रा तर्फ ३ गरी ११ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेलाई रनिङशिल्ड सहित नगद १० हजार ,सिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई ५ हजार नगर सहित सिल्ड ,मेडलाइन र प्रमाणपत्र प्रदान गरिने छ । यसै गरि छात्रा तर्क प्रथम हुनेलाई रनिङशिल्ड , नगद ७ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ। दोस्रो हुने छात्रा टिमलाई ४ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव एवं कार्यक्रमका संञ्चालक अशोक गिरीले जानकारी दिए ।

यसअघि गत वर्ष भएको ‘ पहिलो वास्केटवल प्रतियोगिताको रनिङ शिल्ड छात्र छात्रा दुबै सत्यवती मावि दमौलीले जित्न सफल भएको थियो ।
























