प्रहार समाचार । तनहुँ , फागुन ३ बिहिवार ।राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) को बन्दीपुर सम्पर्क कार्यालयको स्थापना गरिएको छ।
तनहुँ क्षेत्र नं १ का संघिय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले बुधवार बन्दीपुर गाउँपालिकाको डुम्रे बजारमा सम्पर्क कार्यालयको स्थापना गरेका छन् ।
त्यस अवसामा बोल्दै सांसद वाग्लेले आफुहरु देशमा देखिएको विकृति, विसङ्गति तथा बेथितिको अन्त्यका लागि लागिपरेको बताए ।

डा.वाग्लेले पुरानो दल भनेकाहरु नयाँ राजनैतिक शक्तिहरुसंग अत्तालिएको चर्चा गर्दै भ्रष्टाचारको अन्त्य नभए सम्म देश नबन्ने बताए । त्यस अवसामा केन्द्र तथा जिल्लाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
























