हेडलाईनव्याससमाचारगण्डकी

लियो क्लब अफ तनहुँद्वारा  तनहुँ कारागारमा  पुस्तक हस्तान्तरण

प्रहार समाचार । तनहुँ, फागुन २ बुधवार । लियो क्लब अफ तनहुँद्वारा सरस्वती पूजा तथा वसन्त पंचमीको अवसरमा आज कारागार कार्यालयमा एक सय बढि पुस्तक हस्तान्तरण गरिएको छ ।

व्यास नगरपालिका वडा न ३ का वडा अध्यक्ष अनुप रानाले कारागार कार्यालयका प्रमुख नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तक ज्ञानको सागर भएकाले कारागारमा रहेका बन्दिहरुमा पुस्तक अध्यायन गरेर सकारात्मक ज्ञान प्राप्त हुने बताए ।

लियो क्लब अफ तनहुँका अध्यक्ष वसन्ती थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका सिनियर एओजी  प्रताप गुरुङ, रिजन कोर्डिनेटर कृष्णहरि गैर्हे, लायन्स तनहुँ सत्यवतिकी प्रथम उपाध्यक्ष पबित्रा खनाल,लियो जिल्ला परिषद् ३२५ एल नेपालका सचिब सुनिल मिश्र, रिजन धौलागिरीका कोर्डिनेटर  लियो महम्मद गफ्फर, लियो क्लब अफ तनहुँका पुर्व अध्यक्ष लियो युवराज भण्डारी लगायतको उपस्थिति रहेको क्लबका सचिब मुकेश बिडारीले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button