हेडलाईनसमाचारगण्डकीप्रदेशनगरपालिका /गाउँपालिकासूचना प्रविधि

तनहुँ प्रहरी प्रमुखमा अपिलराज बोहरा आउने

प्रहार समाचार । काठमाडौ, फागुन २ बुधवार ।जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरी प्रमुखमा अपिलराज बोहरा आउने भएका छन्। तनहुँका प्रहरी प्रमुख सम्हालेका अवदेश  विष्टको काठमाण्डौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेबमोजिम तनहुँ सहित अन्य २३ जिल्लाका प्रहरी प्रमुख परिर्वनन गरिएको छ।

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो । अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ ।

नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ ।  पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ । सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ । 

चितवनमा भावेष रिमाल गएका छन् । झापामा मिलन केसीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ । सन्तोष खड्कालाई सिन्धुपाल्चोकमा सरुवा . गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button