प्रहार समाचार । तनहुँ, फागुन १ मंगलवार । बलिउड फिल्म ‘रामायण’ मा अभिनेता अमिताभ बच्चनले अभिनय गर्ने भएका छन्। फिल्ममा अमिताभले राजा दशरथ पात्रको भूमिकामा देखिनेछन् ।
अभिनेता रणवीर कपूरको मुख्य भूमिका हुने फिल्म स्टार कास्टको कारण चर्चामा छ। । फिल्ममा रणवीरले राम पात्रको भूमिका गर्दैछन्। रामको बाबु बनेर अमिताभले फिल्ममा भूमिका निर्वाह गर्ने लागेका हुन्।

नितेश तिवारीले निर्देशन गर्ने फिल्ममा हालै अभिनेत्री जान्हवी कपूर अनुबन्धित भएकी छन्। फिल्ममा उनी सीताको भूमिकामा देखिनेछिन्। फिल्ममा हाल प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको जनाइएको छ।
फिल्मको छायांकन आगामी मार्च महिना देखि सुरू हुने भएको छ। फिल्ममा रणवीरसँगै यश, सनी देओल, बबी देओल लगायत दिग्गज कलाकारहरुले अभिनय गर्ने भएका छन् ।


























