हेडलाईनसमाचारप्रदेशनगरपालिका /गाउँपालिकाखेलकुद

प्रथम राष्ट्रिय दरै सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

प्रहार समाचार । तनहुँ, पुस १८ बुधबार ।
दरै समाज तनहुँको आयोजनामा दमौलीमा प्रथम दरै सेभेन ए साइड २०८० तनहुँ फुटबल प्रतियोगिता हुने भएको छ ।

समाजले  दमौलीमा पत्रकार सम्मेलन गरी यही माघ १५ गतेदेखि व्यास–३ वीपी वनवाटिका खुला मैदानमा फुटबल प्रतियोगिता गर्न लागिएको जनाएको छ । पिछडिएका दरै जातिका खेलाडीलाई प्रोत्साहन गर्ने, अधिराज्य व्यापी दरै युवाबीच एकआपसमा परिचित, सद्भाव र पारस्परिक भित्रभाव जगाउने, दुव्र्यसनी लागुऔषध, विसंगती विकृति फैलिनबाट जोगाउने र राष्ट्रिय तथा अन्तर राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष ठाकुर बहादुर दरैले जानकारी दिए । उनले  दरै जातिलाई खेलसम्बन्धि सचेतना तथा खेलकुदमार्फत जातिको प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ । साथै यस्का लागि ३२ गाउँका दरैलाई पत्राचार गरिएको बताइएको थियो ।


प्रतियोगिता नटआउटका आधारमा हुने र प्रतियोगिताबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ । उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु.एक लाख एक हजार एक सय ११ र द्वितीय पुरस्कार रु.५१ हजार एक सय ११ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने सचिव विजय दरैले जानकारी दिए ।  त्यस्तै उत्कृष्ट खेलाडीलाई रु.दुई हजार, उत्कृष्ट गोल रक्षकलाई रु.एक हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु.एक हजार पाँच सय नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button