हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

राप्रपा तनहुँले राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्ती मनाउने

प्रहार समाचार । तनहुँ, पुस १७ मंगलबार। राष्ट्रिय प्रजातन्त्र पार्टी  जिल्ला कार्यसमिति तनहुँले राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्ती आगामी पुस २७ गते विविध कार्यक्रमका माथ मनाउने भएको छ।

जिल्ला अध्यक्ष  विनोद घर्तीको अध्यक्षतामा मंगलबार दमौलीमा बसेको बैठकले राप्रपा जिल्ला अध्यक्ष विनोद घर्तीको अध्यक्षमा ५१ सदस्य रहेको मुल आयोजक समिति गठन गरेको छ।

जस अनुसार आर्थिक समितिमा कोषाध्यक्ष दुर्गा बहादुर पन्थ,व्यस्थापन एवं समन्वय समितिमा सचिव  हेतनाथ कायष्ठ ,प्रचार प्रसार समितिमा  हरिश्चन्द्र वाग्ले चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पाटीले जनाएको छ । यसका साथै पार्टीले राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउन सम्पूर्ण तनहुँवासीलाई  अनरोध समेत गरेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button