प्रहार समाचार । तनहुँ, पुस १५ आईतबार ।
ब्राम्हाण समाज नेपाल जिल्ला कार्यसमिति तनहुँको शनिवार दमौलीमा सम्पन्न दोस्रो अधिवेशन बाट पुनः कृष्णचन्द्र पाण्डे सर्वसम्बत अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा मदनप्रसाद पण्डित, सचिवमा कृष्ण हरि गैरे , कोषाध्यक्षमा गङ्गा प्रसाद पोखरेल, सहसचिवमा लक्षिमा देवी घिमिरे खनाल चयन गरेको छ।
यसै गरि समितिको सदस्यहरूमा प्रदीप घिमिरे , राजेन्द्र वाग्ले , विष्णुहरि लम्सल , भानुभक्त पण्डित , नारायण प्रसाद पौडेल , दिनानाथ पौडेल , दिव्यदेव पौडेल , नारायण घिमिरे , महाप्रसाद न्यौपाने , गोविन्दराज पन्त ,रामकृष्ण पौडेल , निर्मला भण्डारी खनाल , मेनाका रिमाल र लक्ष्मी न्यौपाने चयन भएका छन् ।
























