हेडलाईनसमाचारगण्डकी

पोखराबाट मर्दी हिमालसम्म ट्रेकिङमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन

प्रहार समाचार । कास्की, पुस १५ आईतबार । कास्कीको पोखराबाट मर्दी हिमालसम्म ट्रेकिङमा गएका एक विदेशी पर्यटक (पदयात्री) सम्पर्कविहीन भएका छन् । उनी २४ घन्टादेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मिचेल नाम गरेका स्विडिस युवक शनिवार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेकोमा सम्पर्कविहीन भएका हुन् । उनको खोजीकार्य  भइरहेको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए । 

आइतवा बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको एसपी थापाले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button