हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा संघीयता खारेज गर्नुपर्ने प्रस्ताव

प्रहार समाचार | काठमाडौँ, मंसिर १५ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेको छ। बिहीबार सकिएकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्नुपर्ने उल्लेख गरेको हो।

सभापति रवि लामिछानेले पेश गरेको प्रतिवेदनमा प्रदेशप्रति जनताको असन्तुष्टि देखिएको दाबी छ।उनले प्रदेशलाई नेता व्यवस्थापनका लागि बनाइएको संरचना भनेका छन्। ‘अहिलेको प्रदेश संरचना दलका नेता कार्यकर्ता व्यवस्थापन गर्नकै लागि बनाइएको जस्तो प्रतित हुन्छ। र, एक हदसम्म हेर्दा हो कि झैं पनि लाग्छ।

आफ्नो उपादयता पुष्टि गर्न नसक्दा आम नागरिक प्रदेशस्तरको संरचनाप्रति असन्तुष्ट छन्’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नागरिकका आवाज सुने/नसुनेझैं गर्ने, असन्तुष्टि देखे/नदेखेझैं गर्ने र नागरिकको भावना बुझे/नबुझेझैं गर्ने दल, राजनीतिक दल हुन सक्दैन। त्यसैले प्रदेश संरचनाबारे नागरिकको धारणा र असन्तुष्टिमा हामीले पनि बारम्बार आवाज उठाइरहेका छौं। प्रदेश संरचना परिवर्तन अत्यावश्यक छ।’- देश सञ्चार


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button