हेडलाईनसमाचारसुदुर पश्चिम

नेकपा (एमाले)को महाकाली–मेची अभियान आजबाट शुरू

प्रहार समाचार । बैतडी, मंसिर १४ बिहिबार ।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को महाकाली–मेची अभियान बिहीबारदेखि शुरू भएको छ । 

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको उक्त अभियानको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज नेपाली झण्डा झण्डोत्तोलन  गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा  अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

 संकल्प यात्रा शुभारम्भपछि बिहीवार नै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गर्न लागेको  आमसभालाई अध्यक्ष सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले बैतडीले जनाएको छ  । साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । ओलीलेयात्रा सुदूरपूर्वको पहाडी जिल्ला पाँचथरको चियाभञ्ज्याङमा गएर टुंगिने छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button