हेडलाईनव्याससमाचारगण्डकी

तनहुँमा बस दुर्घटना : दुईको मृत्यु, ३४ यात्रु घाईते

अमरराज नहर्की
प्रहार समाचार । तनहुँ, मंसिर १३ बुधबार ।
तनहुँ, मङ्सिर १३ बुधबार । तनहुँको पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, चिसौदींमा रात्री बस बुधबार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएका छन् ।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करीव १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य एकको पहिचा खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताए। धनकुटाको साँघुरीगढी बस्ने  वर्ष ४५ को हस्त राई मृत्यु भएको र मृत्यू भएका एकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाईतेको दमौली स्थित रत्नहरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भईरहेको छ । घाईते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनमा घाईतेको पुरा बिबरण सङ्कलन भईरहेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button