हेडलाईनसमाचारबागमती

दुर्गा प्रसाईं घरभित्रै नजरबन्दमा

प्रहार समाचार । काठमाडौँ, मंसिर ८ शुक्रबार ।
अभियान्ता दुर्गा प्रसाई लाई प्रशासनले घरबाहिर निस्कन नदिएपछि उनि घरमै नजरबन्दमा परेका छन् ।


‘राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ का संयोजक समेत रहेका प्रसाईंलाई स्थानीय प्रशासनले घरबाहिर निस्कन ‘रोक’ लगाएको छ । निषेधित क्षेत्रमा कार्यक्रम गर्ने, सामाजिक सद्भाव भड्काउनेलगायतका क्रियाकलापमा संलग्न हुन खोजेको भन्दै स्थानीय प्रशासनले उनलाई स्थानहद(घरबाट बाहिर निस्कन रोक) लगाएको हो

भक्तपुरको थिमिस्थित उनको निजी निवासबाहिर दंगा नियन्त्रण टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनुमति नलिई प्रसाईंले सार्वजनिक कार्यक्रम गर्न खोजेको बताइन् 
‘हिजोको उहाँहरूको गतिविधि अराजक देखियो । आज फेरि अनुमति नलिई सार्वजनिक स्थानमा कार्यक्रम राख्ने भन्नु भएको छ । बिनाअनुमति यसरी कार्यक्रम गर्न पाइँदैन । उहाँहरूकै सुरक्षाका लागि उहाँ जहाँ हुनुहुन्छ त्यहीँ रोकिएको हो । अनुमति नलिई उहाँहरूलाई कार्यक्रम राख्न दिइने छैन,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button