हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

लोकप्रिय स्वास्थ्थ क्लिनिकको सेवा विस्तार एवं नि:शुल्क स्वास्थ्थ परिक्षण

प्रहार समाचार । तनहुँ, मंसिर ८ शुक्रबार ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर २  मा रहेको लोकप्रिय स्वास्थ्य  क्लिनिकको स्थान्तरण  एवं सेवा विस्तार कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले  दमौलीमा रहेका क्लिनिकहरुले जनमुखी काम गर्नु पर्ने चर्चा गर्दै बिरामीहरूको स्वास्थ्यमाथि खेलबाड नगर्ने समेत सुझाए।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डाक्टर कृष्णराज अधिकारीले अहिले पछिल्लो समयमा मानिसहरूको खानपान, रहनशहन बदलि एकाकारण धेरै रोग लागेको चर्चा गर्दै व्यक्तिगत स्वास्थ्यमा  ख्याल राख्न  आग्रह गरे । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले क्लिनिकहरुले बिरामीहरूको स्वास्थ्यमा खेलबाड गर्न नहुने चर्चा गर्दै नाफामुखी भन्दा सेवामुखी भावले पनि काम गर्नुपर्नेमा जोड दिए।

युआर एलका अध्यक्ष ठाकुर प्रसाद पन्थले तनहुँ जिल्लामा आठ वर्षको अवधिमा दुई लाख व्यक्तिहरुको रक्त परिक्षण गरिएको बताउँदै आगामी दिनहरूमा युआरएलले सेवा विस्तारगर्दै जाने बताए ।

क्लिनिकका संरक्षक तेजप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न रोगका बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको क्लिनिकका संञ्चालक राजु दाहालले बताए ।
उक्त क्लिनिकले आफ्नो सेवा विस्तार गर्दै अहिले डिजिटल एक्सरे, मुटुको भिडियो एक्सरे( ईको),  ईसीजी प्याथोलोजी ल्याव, भिडियो एक्सरे, ड्रेसिङ, इन्जेक्सन, युआरएल, डेन्टल क्लिनिक लगायत  काठमाडौँ तथा पोखराका विशेषज्ञ डाक्टरहरू द्वारा साप्ताहिक रुपमा विरामीहरूको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईएको क्लिनिकका संचालक दाहलले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button