हेडलाईनसमाचारबागमती

दुर्गा प्रसाईंको आन्दोलन अनिश्चतकाल सम्म

प्रहार समाचार । काठमाडौँ, मंसिर ८ शुक्रबार ।
व्यवस्था परिवर्तन गर्न भन्दै बिहीवारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन अनिश्चितकालसम्म जारी रहने बताइएका छन्।


आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने जानकारी दिंदै बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने- ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन,’ उनले भनेका थिए, ‘अब ७७ वटै जिल्लामा जनविद्रोह शुरू हुन्छ ।’ बिहीबार तीनकुनेमा युवासंघ नेपाले प्रदर्शन गरेको थियो ।

तीनकुनेको प्रदर्शन शान्तिपूर्ण रहे पनि बल्खुमा भने तनाब उत्पन्न हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । जस्का कारण दर्जनौं घाइते समेत हुन पुगेका थिए ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button