प्रहार समाचार । भारत, मंसिर ४ सोमबार ।
चर्चित बलिउड अभिनेता सलमान खानले आफ्नै रेकर्ड ब्रेक गरेका छन् ।उनको फिल्म ‘टाइगर ३’ ले पहिलो सातामा सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राख्न सफल भएको छ। यो संगै उनकोआफ्नै फिल्म ‘सुल्तान’ को रेकर्ड तोडेको छ।
टाइगर ३’ ले पहिलो साता २२० करोड २५ लाख भारू कमाएको छ भने ‘सुल्तान’ २०८ करोड ८२ लाख भारू कमाएको थियो। पहिलो साता २०६ करोड ४ लाख कमाइ गरेको फिल्म ‘टाइगर जिन्दा है’ तेस्रो नम्बरमा छ।पहिलो साता १८४ करोड ६२ लाख भारू कमाएको फिल्म ‘बजरंगी भाइजान’ चौथो नम्बरमा छ भने १६७ करोड ६ लाख कमाएको फिल्म ‘भारत’ पाँचौं नम्बरमा छ।
पहिलो साता १८४ करोड ६२ लाख भारू कमाएको फिल्म ‘बजरंगी भाइजान’ चौथो नम्बरमा छ भने १६७ करोड ६ लाख कमाएको फिल्म ‘भारत’ पाँचौं नम्बरमा छ। सुरूआतमा राम्रो कमाइ गरे पनि ‘टाइगर ३’ अहिले बक्स अफिसमा कमजोर हुँदै गएको छ। नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो।
























