प्रहार समाचार । चीन, मंसिर ४ सोमबार ।
चीनको यियु सहरमा नगर जन सरकार र वैदेशिक मित्रता सम्बन्धी संस्थाको नवौं कांग्रेस सम्मेलनमा व्यास नगरपालिकाको प्रतिनिधित्व गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेकाे सहभागिता जनाएका छन् । युनाइटेड सिटिज एण्ड लोकल गभरमेण्टस् एसिया प्यासिफिकको आयोजना तथा यियुनगर जनसरकार र वैदेशिक मित्रता सम्बन्धि चाइनिज जनसङ्गठनको सह आयोजनामा गत कार्तिक २७ गते देखि २९ गतेसम्म उक्त सम्मेलन भएको थियो । सम्मेलनमा नेपालका विराटनगर, धुलिखेल उप महानगरपालिका, वालिङ, कागेश्वरी , मनहरा,जिविस मा महासंघ, नेपाल नगरपालिका महासंघ, नेपाल गाउँपालिकामा महासंघ लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जु ,युसिएलजीका अध्यक्ष रहेका संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव वान कि मुनले उद्घाटन गरेका थिए ।
सम्मेलनमा विभिन्न देशका नगरहरू बिच औद्योगिक विकास, ,ग्रामीण सशक्तिकरण, युवा व्यवसाय प्रवर्धन, मौसम परिवर्तन, बालबालिका मैत्री ,महिला सशक्तिकरण गहन अन्तरकृया भएको व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । सम्मेलनमा नेपालका अशोक कुमार व्यञ्जुको कार्यकाल समाप्त भई नयाँ अध्यक्ष मा फिलिपिन्स व्यूरियो प्रोभिन्सका गवर्नर एवं फिलिपिन्स स्थानीय स्थानीय निकायका अध्यक्ष कार्लो स्यूए सर्वसम्मत निर्वाचित भए।
























