हेडलाईनसमाचार

के आई सिंह राजमार्गमा जिप दुघटना : ४ को मृत्यु ५ जना घाइते

प्रहार समाचार । डोटी, कार्तिक १९ आइतबार ।

डोटी को शिखर नगरपालिका – ६ के आई सिंह राजमार्गको उत्यौलमा आइतबार बलेरो ज जिप दुघटना हुँदा ४ को मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बिहान साढे २ बजे धनगढीबाट  बाजुरा जाँदै गरेको ग २ च म२७७६ नम्बरको बोलेरो जिप अनियन्त्रीत भई सडकबाट ५०/ ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाले बताए ।

दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा  कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको एसपी कोइरालाले जानकारी दिए। बिमला मलाल गम्भीर घाइते छिन्।

उनीसँगै घाइते हुनेहरुमा घ हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल छन्।उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।

जिप चालक बाजुरा गौमुल गाउँपालिका-४ काडाकोटका २९ ‍वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button