प्रहार समाचार | जाजरकोट, कार्तिक १८ शनिबार ।
जाजरकोट केन्द्रबिन्दु भई गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तत्थ्याङ्का अनुसार मृत्यू हुनेको सङ्ख्या १२८ भन्दा बढि पुगिसकेक छ भने भूकम्पमा परि घाइते भएकाहरुको उपचारका अस्पताल लगिएको छ । अस्पताल घाइतेहरुले भरिएका छन्।
भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९२ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्।
अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार र खोजी तीब्र पारिएको र तीन वटै सुरक्षा निकाय परिचालन भएको उनले बताए।जाजरकोट केन्द्रबिन्दु भए गएराति ११:४६ बजे ६.४ रेक्टरको भूकम्प गएको थियो। भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न त्यसतर्फ गएका छन्।
























