प्रहार समाचार | काठमाडौ, कार्तिक १८ शनिबार ।
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भुकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन्।
राष्ट्रपति पौडेलले विपतको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्वार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेका छन्।
राष्ट्रपति कार्यालयले शनिवार सामाजिक संजाल मार्फत जानकारी दिएको हो।
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रवार मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भुकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको छ ।
























