हेडलाईनसमाचारबागमतीप्रदेश

घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रहार समाचार । काठमाडौं, कार्तिक १४ मंगलबार ।

नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबारबाट लागु हुनेगरि डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ।

 मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै पहिलो वर्गको डिजेल/मट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ मूल्य निगमल कायम गरिएको छ। 

पहिलो वर्गमा आरआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ। त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्छन्। 


मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रुपैयाँ ५१ पैसाले वृद्धि भएको निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रुपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।म


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button